किर्ते गरी ८३ लाख हिनामिना गर्ने वडाध्यक्ष कारागार चलान

जनकपुरधाम- लिखत सम्बन्धी कसुर र नागरिकता किर्ते मुद्दामा फरार रहेका अभियुक्त सप्तरीका एक वडाध्यक्षलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष ६३ वर्षीय रहमान मियाँलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
वडाध्यक्ष मियाँसहित २१ जनाले आपसी मिलेमत्तो गरी राज्यकोषबाट लक्षित वर्गलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरेर लाखौँ रुपैयाँ हिनामिना गरी फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी नरेशकुमार सिंहका अनुसार वडाध्यक्ष मियाँले एउटै व्यक्तिको नाममा दुई वटा नागरिकता नम्बर प्रचलनमा ल्याई सरकारी कोषबाट ८३ लाख ४१ हजार १०८ रुपैयाँ निकासा गरी हिनामिना गरेका थिए ।
सरकारी कागज तथा नागरिकता किर्ते मुद्दामा फरार रहेका मियाँलाई प्रहरीले सप्तरीको राजविराज नगरपालिका वडा नम्बर–८ बाट पक्राउ गरी पुस २१ गते जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
जिल्ला अदालत सप्तरीले आइतबार वडाध्यक्ष मियाँलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको डिएसपी सिंहले जानकारी दिएका छन् ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया