अमेरिकाले भारतलाई दियो खोप उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ

काठमाडौँ : कोभिड-१९ महामारीबाट पछिल्लो समय सर्वाधिक पीडित भारतलाई सहयोग गर्ने मुलुकहरु बढिरहेका छन् । त्यसमा अमेरिका पनि थपिएको छ । अमेरिकाले पठाएको कोभिड-१९ खोप उत्पादनमा प्रयोग कच्चा पदार्थ र अक्सिजन प्लान्ट भारतले शुक्रबार प्राप्त गर्यो ।
अमेरिकी सेनाको दुई विमान शुक्रबार बिहान भारतीय राजधानी नयाँ दिल्ली आइपुग्यो । जसले खोप उत्पादनमा प्रयोग हुने ३६ मिलिपोर फिल्टर र १७ अक्सिजन जेनेरेटर प्लान्ट ल्याएका छन् । अमेरिकाले पठाएको मिलिपोर फिल्टरको प्रयोग गर्दै पाँच लाख डोज खोप उत्पादन गर्न सकिने भारतीय अखबार दि ट्रिब्युनमा उल्लेख गरिएको छ । भारतका लागि अमेरिकी सहयोगको तेस्रो खेप बोकेर अमेरिकी सेनाको विमान मे ३ मा नयाँ दिल्ली पुग्ने बताइएको छ ।
अमेरिका मात्रै होइन, खाडी क्षेत्रका मुलुकले पनि भारतलाई सहयोग गरिरहेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) बाट १ सय ४० मेट्रिकटन अक्सिजन शुक्रबार नै भारत पुग्ने तालिका रहेको छ । त्यस्तै बहराइनले पनि भारतीय नेभीको पानी जहाजमार्फत ४० मेट्रिकटन अक्सिजन पठाएको छ । उता कुवेतले पनि भारतलाई १ सय ८५ मेट्रिकटन अक्सिजन सहयोग गर्ने जनाउ दिसकेको छ ।

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया