धनगढीमा तीन वटा गौशाला निर्माण हुँदै

कैलाली- धनगढी उपमहानगरपालिका १६ मा गौशाला निर्माण हुने भएको छ । धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा र स्कोन नेपालले व्यवस्थापन हेर्ने गरी गौशाला निर्माण गर्न लागेको हो । गौशालाको आइतबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ ।
रामनगरमा निर्माण हुन लागेको गौशालाको शिलान्यास धनगढीको उत्तर रामेश्वर पीठ लक्ष्मीनारयण मन्दिरका श्री १००८ स्वामी देवराज आचार्यले गरेका हुन् ।
धनगढी उपमहानगरपालिकाबाट ५० लाख र उपभोक्ता समितिबाट १० लाख ८९ हजार ५ सय ९६ रुपैयाँ १६ पैसा रहेको छ भने कूल रकम ६० लाख ८९ हजार ५ सय ९६ रुपैयाँ १६ पैसामा उक्त गौशाला बन्न लागेको उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए ।
धनगढी उपमहानगरपालिका भित्र हाल तीनवटा गौशाला निर्माणका लागि सम्झौता भइसकेको बताउँदै नगर प्रमुख हमालले फूलबारी क्षेत्रमा गौशाला निर्माण गर्न समिति गठन समेत भइसकेको जानकारी दिए ।
त्यस्तै उपमहानगरपालिकाको १३, ११ र ६ नम्बर वडाका लागि वडा नम्बर ११ मा गौशाला बनाउने प्रक्रिया थालिएको छ ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया