हुलाकी सडक निर्माणका लागि बोलपत्र आह्वान

कैलाली- धनगढीको मुख्य सडक कैलालीपुलदेखि हुलाकी सडकको शून्यबिन्दु क्याम्पसरोड निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय, कैलालीले बोलपत्र आह्वान गरेको हो।
पूर्वाधार कार्यालय कैलालीका प्रमुख रामचन्द्र कार्कीले ३१ दिनपछि मात्र बोलपत्र खोलिने जानकारी गराए । उनले आइतबार सूचना प्रकाशित गरिएको बताए। धनगढीको कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सडक कालोपत्रका लागि सुदूरपश्चिम सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको थियो।
प्रदेश सरकारले उक्त सडक निर्माणका लागि बोलपत्र आह्वानसमेत गरेको हो। बजेट सुनिश्चत भएपछि बोलपत्र आह्वान गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराईले बताए।
धनगढी उपमहानगरपालिकाले सडक क्षेत्रको १५/१५ मिटर दायाँबायाँका भौतिक संरचना हटाउने काम भैरहेको नगर प्रमुख गोपाल हमालले बताए । उनले धनगढीको मुख्य सडकको सवारी जाम हुने गरेकाले सडक चौडा गर्ने योजना अन्तर्गत सडक निर्माणको काम भैरहेको बताए।
धनगढीको मुख्य सडक चौडा बनाउने काममा सहयोग गर्ने सम्पूर्ण घर धनीहरूलाई धन्यवाद दिँदै नगर प्रमुख हमालले उपमहानगरपालिकाले अगाडि सारेको विकास निर्माणको काममा सबैले हातेमालो गरेमात्रै सम्भव हुने बताए।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया