कस्तो छ पूर्वरानी कोमलको स्वास्थ्य अवस्था ?

काठमाडौँ : कोभिड-१९ को संक्रमित पूर्वरानी कोमल शाहको अवस्था सुधार उन्मुख रहेको छ । उनलाई बिहीबारदेखि नै प्लाज्मा दिएर उपचार गराइएको छ । शाहलाई आइसियूमै राखेर उपचार भइरहेको छ।
उनलाई अहिले प्रतिमिनेट १० लिटर अक्सिजन दिइएको अस्पतालले जनाएको छ । प्लाज्मा दिइए पनि अवस्था पूरै सुधार नभएसम्म अक्सिजन हटाउन नमिल्ने हुनाले उनलाई अहिले पनि अक्सिजन नै दिएर उपचार गरिएको हो ।
भारतको हरिद्वारबाट फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई कोभिड संक्रमण भएको थियो । पूर्वराजा ज्ञानेन्द्रको भने अवस्था सामान्य रहेको भए पनि थोरै अक्सिजनको सपोर्ट उनलाई पनि दिइएको छ ।
उनीहरुसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणालाई भने अक्सिजन विना नै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । वैशाख ७ मा उनीहरू अस्पताल भर्ना भएका थिए । कोमललाई भने बुधबारदेखि नै आइसियूमा राखिएको थियो ।

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

प्रतिक्रिया