सराङकोटको प्याराग्लाइडिङ अब मान्द्रेढुंगाबाट

पोखरा- पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा आएसँगै पोखराको ब्राण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडान पनि स्थानान्तरण भएको छ । यसअघि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ उडान ५ किलोमिटर पर मान्द्रेढुंगामा सारिएको हो ।
सराङकोटबाट मान्द्रेढुंगामा सारिएको प्याराग्लाइडिङको अहिले परीक्षण उडान चलिरहेको छ । अन्तर्राष्ट्रिय उडान हुने रुटको वरिपरी उड्न नमिल्ने भएपछि स्थानान्तरण गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले अहिले मान्द्रेढुंगाबाट परीक्षण उडान गरिएको र त्यहाँबाट पनि सम्भव नभए पोखराबाटै हटाउनुपर्ने अवस्था आउने बताए ।
‘जहाजको सुरक्षा पहिलो सर्त हो । उडान नै अप्ठ्यारोमा पर्ने गरी प्याराग्लाइडिङलाई आकाश छोड्न सकिँदैन,’ उनले भने, ‘सकेसम्म पोखराबाट प्याराग्लाइडिङ नहटाऔं भनेर मान्द्रेढुंगा सारेका छौं । परीक्षण गर्दा त्यहाँ पनि राम्रो नभए दु:खका साथ हटाउनुपर्छ ।’
यसअघि सराङकोटसहित तोरिपानी र तामागी क्षेत्रबाट पनि उडान हुने गरेको थियो । ति तीनै ठाउँबाट अब उडान गर्न नमिल्ने भएको छ ।
मान्द्रेढुंगाबाट उडेको प्याराग्लाइडिङ फेवातालको सिरान पामेमा अवतरण गरिएको छ । नेपाल हवाई खेलकुद संस्थाका अनुसार प्राधिकरणले ६ हजार फिटभन्दा माथि उड्न नपाउने गरि मापदण्ड तोकिदिएको छ ।

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_BdJzJc7fBS_htgipv5kokk0dqluypxadmwwon9muwrscztt9u4zryjkdwtk9ew52qoylygs.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया