बाँकेमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बन्द

कोहलपुर- बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेपछि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएका छन् ।
सोही क्रममा नरैनापुर गाउँपालिका शिक्षा शाखाले भोलिदेखि लागू हुने गरी तीन दिनका लागि विद्यालय बन्द गरेको छ । चिसोका कारण भोलिदेखि २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको नरैनापुर गाउँपालिकाले जानकारी दिएको छ ।
बाँकेमा चिसो अत्यधिक बढेपछि उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयमा पुस २४, २५ र २६ गते तीन दिन बिदा दिने निर्णय नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताएका छन् ।
केही दिनयता बढेको अत्यधिक चिसोका कारण विद्यार्थीहरूमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा समेत असहज वातावरण सिर्जना भएकाले नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन विद्यालयमा बिदा दिने निर्णय गरेको थियो । चिसोलाई मध्यनजर गरी खजुरा गाउँपालिकाले पनि बिदा दिइसकेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

प्रतिक्रिया