भीडभाड हुने स्थान र सार्वजनिक यातायातको साधनमा स्वास्थ्य सतर्कता अपनाउन प्रशासनको अनुरोध

लमजुङ- कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेपालमा संक्रमण कम हुँदै गए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायतका केही देशहरूमा संक्रमणको नयाँ स्वरूप देखापरेकाले सतर्क रहन भनिएको छ । नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै समयमै सजग र सुसूचीत हुन आवश्यक रहेको कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले सूचना सार्वजनिक गर्दै नागरिकमा सतर्क रहन भनिएको छ ।
बढी भीडभाड हुने स्थान तथा सार्वजनिक यातायातको साधनहरूमा मास्क तथा स्यानीटाइजरको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । एक अर्कामा भौतिक दूरी कायम राख्न, व्यक्तिगत सरसफाइलगायतको आवश्यक स्वास्थ्य प्रोटोकलको पूर्ण पालनाका लागि नागरिकलाई सचेत गराएको छ ।

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

प्रतिक्रिया