राखेप सदस्य सचिवसँग आईसिसि प्रतिनिधिको भेट

काठमाडौँ - राजधानीमा जारी नेपाल टी–२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसिसि प्रतिनिधिले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ ।
बुधबार साँझ नेपाल आएको आईसीसीको टोलीले बिहीबार दिउँसो राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेको हो । यसअघि टोलीले विमानस्थलबाट सोझै कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा निरीक्षण गरेको थियो । त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो ।
टोलीले भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट (एसयू), अम्पायर र खेलाडीसँग भेट गरेको थियो । यस्तै टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि भेटघाट नगरेको क्यान स्रोतले जानकारी दियो । जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चारमाध्ययमा आएपछि आईसिसिले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको थियो ।
विवाद सतहमा आएपछि राखेपले बुधबार सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो । छानबिन समिति बनाएको जानकारी गराएपछि आईसिसि प्रतिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया