चीनमा विदेशी फुटबलरको बिजोग

काठमाडौँ : लिआओनिङ होङयुन चिनियाँ फुटबलमा दोस्रो श्रेणीको लिग खेल्ने क्लब थियो । तर मे, २०२० मा यो क्लब बन्द गरियो । कारण थियो, खराब आर्थिक अवस्था । त्यही क्लबले ‘टिम बस’ लिलाम गर्दैछ । तर बस लिलामबाट उठेको पैसाले पूर्व खेलाडीहरूको बक्यौता तलब तिर्न पुग्नेछैन । कमसेकम ज्याकब मुलेङगा यस्तै दाबी गर्छन् ।
मुलेङगा जाम्बियाका स्ट्राइकर हुन् । उनले करिब एक वर्ष होङयुनबाट खेले । उनले मात्रै क्लबबाट आठ लाख पचास हजार अमेरिकी डलर लिन बाँकी छ । होङयुनबाट तलब लिन बाँकी उनी एक्ला विदेशी खेलाडी होइनन् । न त आर्थिक अभावका कारण संर्घषरत एक्लो चिनियाँ क्लब हो, होङयुन । त्यसो त कयौँ चिनियाँ खेलाडीले स्थानिय क्लबबाट पाउनु पर्ने तलब पाएका छैनन् ।
‘म आफ्नो करियरको उर्ताद्दमा छु । तर पनि मैले खेलेको पैसा पाइन । यो अवस्थालाई कसरी बयान गर्ने थाहा छैन,’ ३७ वर्षिय मुलेङगाले एएफपीसँग भनेका छन् । हाल नेदरल्यान्ड्सको दोस्रो श्रेणीको लिग खेलिरहेका मुलेङगाले फिफाले आफू लगायतका खेलाडीको समस्यालाई सम्बोधन गर्नुपर्ने माग राखिरहेका छन् ।
चीनमा क्लबहरूले खेलाडीहरूलाई तलब दिन नसक्नु कुनै नौलो घटना होइन । यस्तो समस्या क्रमशः बढिरहेको छ । तर गत फेब्रुअरीमा जियाङग्सु एफसी बन्द भएपछि भने यो समस्या नयाँ बिन्दुमा पुग्यो । बन्द हुनु १०० दिन अगाडि मात्रै जियाङग्सुले चिनियाँ सुपर लिग जितेको थियो ।
मुलेङ्गा चिनियाँ फुटबलमा धेरै क्लब समस्यमा रहेको बताउछन् । उनी जस्ता धेरै खेलाडीले तलब नपाएको दाबी गर्छन् । ‘तर न त चीन सरकारले ध्यान दिएको छ । न त त्यहाँको फुटबल संघले नै केही गर्न सकेको छ,’ मुलेङगाको भनाई छ । उता चिनियाँ लिग व्यवस्थापन निकाय थोरै क्लबले मात्र खेलाडीलाई तलब दिन नसकेको दाबी गर्छ ।
मुलेङगा बाहेक मार्को बेसिकले पनि चिनियाँ क्लबबाट तलब पाएका छैनन् । ३२ वर्षिय क्रोएसियन खेलाडी ताइझोउ युआन्डाबाट खेलिरहेका थिए । गत सिजन चीनको दोस्रो श्रेणीको लिगमा खेलेको युआन्डाले बेसिकलाई ९० हजार अमेरिकी डलर तिर्न बाँकी छ । गत मार्चमै युआन्डा बन्द भएपछि बेसिकले कसरी बक्यौता तलब पाउँछन्, टुङ्गो छैन ।
बन्द भएको क्लबले तलब दिन नसकेमा खेलाडीहरू अदालत जानसक्ने साघांईमा रहेकी वकिल हेलाना झाङ बताउँछिन् । यद्यपि चिनियाँ अदालतले विदेशी खेलाडीहरूको पक्षमा निर्णय लिने सम्भावना कम छ । चीनमा २० भन्दा धेरै क्लब घरेल लिग संरचनाबाट हटाइएका छन् । त्यहाँको समाचार एजेन्सी सिन्ह्वाका अनुसार ती क्लब लिगबाट हटाइनुका कारण, अर्थिक समस्या नै हो । राष्ट्रपति सि चिनफिङले चीनलाई विश्व फुटबलको शक्तिका रुपमा स्थापित गर्ने उद्घोष गरेका थिए । तर उनको उद्घोषलाई पछिल्लो समय चिनियाँ फुटबलमा देखिएको समस्याले ओझेलमा पारेको छ ।
चिनियाँ फुटबलमा परिवर्तन आवशयक रहेको बताउँछन्, बेसिक । नभए चीनले आउँदो १०० वर्षमा पनि चीनले विश्वकप जित्न नसक्ने बेसिकको भनाई छ । ‘धेरै चिनियाँ क्लबहरूले स्थानिय फुटबल विकास हुने किसिमले लगानी गर्न सकेका छैनन्,’ बेसिक भन्छन् ।
धेरै चिनियाँ क्लबहरू समस्यामा फसे पनि त्यहाँको फुटबलमा राम्रा मानिसहरुको पनि संलग्नता नभएको होइन । मुलेङ्गा र बेसिक यसै भन्छन् । तर यति हुँदाहुँदै पनि विदेशी खेलाडीहरूले चीन जाने निर्णय गर्नुअघि राम्रो सँग सोच्नु पर्ने सुझाव दिन्छन्, बेसिक । ‘विदेशी खेलाडीले चीनमा तलब पाउँछन् भन्ने ग्यारेन्टी छैन । यदि जियाङग्सु जस्तो क्लब बन्द हुनसक्छ भने अरु क्लबको अवस्था कस्तो छ, अनुमान गर्न सकिन्छ,’ बेसिकले भने ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया