सन् २०२३ मा भिभोले नयाँ उत्पादनहरू सार्वजनिक गर्ने योजना

काठमाडौँ- नेपाली प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको भिभोले नेपाली बजारमा २०२३ मा विभिन्न नयाँ फोन सार्वजनिक गरेको छ । सन् २०२३ मा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन भिभोले नवीन उत्पादनहरू र ग्राहक केन्द्रित पहलहरू सार्वजनिक गर्न प्रतिबद्धता जनाएको छ ।
भिभोका लागि सन् २०२२ निकै अद्भुत रहयो, डिजाइन–ड्रिभन स्मार्ट उपकरणहरू र सेवाहरूमार्फत अहिले देशको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्रान्डहरूमध्ये एक बनेको छ ।
भिभोले निरन्तर उत्कृष्ट क्यामेरा क्षमताहरू, द्रुत–चार्ज टेक्नोलोजी, आकर्षक डिजाइन, शक्तिशाली पर्फमेन्श लगायत अत्याधुनिक विशेषताहरूमार्फत हामीलाई आश्चर्यचकित बनाउँदै आइरहेको छ ।
स्रोतका अनुसार भिभोले २०२३ मा बहुप्रतिक्षित भी२७ सहित भी सिरिज र वाई सिरिजका नवीनतम उत्पादनहरू सार्वजनिक गर्नेछ । नेपालमा स्थापना भएदेखि नै यस ब्रान्डले १५सय भन्दाबढी रिटेल स्टोर र ४ वटा ग्राहक सेवा केन्द्रमार्फत उनीहरूको आवश्यकतालाई बुझेर सन्तुष्टि प्रदान गर्दै आएको छ ।
यी संख्या निरन्तर बढ्दै गइरहेका छन् यसका लागि ग्राहकवर्गले दिएको माया र प्रशंसाको लागि धन्यवाद । विश्वव्यापी रूपमा पनि, ब्रान्डले कतारमा आयोजना भएको फिफा विश्वकप २०२२ लाई प्रायोजन गरेर प्रविधिको माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
भिभोले सन् २०२२ मा महत्वपूर्ण फ्ल्यागशिपहरू, विशेष गरी भी२३ र भी२५ सिरिजहरू सार्वजनिक गरेर उत्पादन लाइनको आक्रामक विस्तार गर्यो । वाइ३३एस, वाइ०१, वाइ५५, वाइ१५सी, वाइ३५, वाइ२२, वाइ१६, र वाइ२२एस को लन्चहरूसँगै ब्रान्डको बजेट मैत्री र सुविधायुक्त वाई शृङ्खलाले पनि विस्तारको अनुभव गरेको छ ।
यसबाहेक, ब्रान्डको वाइ२०, वाइ२१इ र वाइ२३इ स्मार्टफोनहरूको मूल्य क्रमशः २० हजार ९९९ र ३७ हजार ९९९ र ४१ हजार ९९९ मा घटाएको छ । भिभोले भी२३ फाइभजीमा कलर चेन्जिङ ग्लास प्रविधि ल्याएको थियो भने भी२५ फाइभजीमा ५०एमपी फ्रन्ट क्यामेरा, ४५ सय एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज ल्याएको छ । रङ परिवर्तन हुने ग्लास प्रविधिले स्मार्टफोनको डिजाइनलाई परिभाषित गरेको छ ।
बेन्फेन – सही चीजहरू गर्ने र तिनीहरूलाई सही तरिकाले गर्ने भिभोको मार्गनिर्देशनका साथ ब्रान्डले आफ्नो काम गर्ने इकोसिस्टमको महत्व बुझेको छ । यसैले गत वर्षमा डिसेम्बर २०२२ मा वसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रमको आयोजना लगायत धेरै महत्वपूर्ण पहलहरू संचालन गरेको छ । “मोर लोकल, मोर ग्लोबल” दृष्टिकोणलाई आत्मसाथ गर्दै भिभोले स्थानीय प्रतिभालाई सम्मान र प्रोत्साहन गर्छ जुन “भिभोटाइन फोटोग्राफी प्रतियोगिता” बाट झल्किन्छ, जहाँ प्रतिभाशाली फोटोग्राफरहरूलाई पुरस्कार र भी, ए’ र वाई सिरिज स्मार्टफोनहरुमा छुट दिएको थियो ।
यसको ग्राहक केन्द्रित दृष्टिकोणको अर्को प्रमाण भनेको “भिभो सर्भिस डे” हो जुन हरेक महिनाको २७ देखि २९ तारिखसम्म मनाइन्छ । यसमा ग्राहकहरूले अन्य फाइदाहरूका साथै निशुल्क सरसफाइ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड लगायतका निःशुल्क बिक्री पछि सेवाहरूको फाइदा लिन सक्छन् । डिसेम्बर २०२२ मा ५औं वार्षिकोत्सवको अवसरमा, भिभोले दैनिक, साप्ताहिक र बम्पर लक्की ड्र मार्फत प्रयोगकर्ताहरूलाई आकर्षक उपहारहरू प्रदान गर्दै एक महिना लामो “सेल्स कार्निभल” सम्पन्न गरेको छ । ब्रान्डले नेपालमा फाइभजी क्षमताको सुधारलाई पनि उल्लेखित उद्देश्यका रूपमा लिएको छ । भिभोले नेपाली समुदायमा आफ्नो संलग्नता र योगदानलाई सुधार गर्न २०२३ मा आफ्ना सेवाहरू र पहलहरूलाई अझ जोसिलो रूपमा वृद्धि गर्न जारी राख्नेछ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_yoG0jo2xwn_dlkngyev4dehrxwxj2iff9ynri09tpobt93ipszycegg6nymmqcfcgvxixer.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

प्रतिक्रिया