बागमतीमा २५ गतेभित्र सरकार गठन गर्न आह्वान

मकवानपुर - बागमती प्रदेशमा सरकार गठनको लागि आह्वान भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजे भित्र दाबी पेश गर्न प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट आह्वान भएको हो ।
शर्माले सरकार गठनको लागि आज यस्तो आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए । नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।
यसै अनुसार आफ्नो दाबी पेश गर्न आह्वान गरिएको हो । प्रदेश प्रमुख यादबचन्द्र शर्मासमक्ष निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगले मंसिर २९ को निर्णयानुसार मिति पुस २ गते पेश भएको थियो ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया