बिजुली बिलको घेराबन्दीमा महाकविको घर (फोटो फिचर)

दुई वर्षअघि म अर्कै कुनै सञ्चार गृहमा काम गर्थें । महाकविको घर खिच्ने असाइनमेन्ट पाएको थिएँ । नोभेम्बर २, २०१८ को दिन थियो । म रिपोर्टरसँगै मैतिदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर गएँ । बाटोमा गइरहँदा मलाई महाकविको घरबारे अर्कै चित्र थियो ।
भूकम्पले क्षतविक्षत महाकविको अध्ययन कोठा ।
विदेशतिर ठूला कविको घर संग्रहालयको रूपमा राखिएको समाचार पढेको थिएँ । तस्बिर पनि हेरेको थिएँ । तर, जब यही तर्कनाबीच महाकविको घर पुगें त्यहाँको दृश्य देखेर अचम्ममा परें । आफू अगाडि रहेको घर, देशको सबैभन्दा ठूलो साहित्यकारको जस्तो नभएर भूतबंगला जस्तो थियो । भूकम्पले घर तहसनहस पारेको थियो । तीन वर्ष बितिसक्दा पनि त्यसको पुननिर्माण भएको थिएन ।
फोटो खिच्दै जाँदा मैले ढोकामा केही बिल टाँसिएको देखें । नजिक गएर हेर्दा देखें सबै बिल विद्युत प्राधिकरणका रहेछन् । एउटा दुइटा हैन, त्यहाँ ढोकाको चारैतिर बिजुलीका बिल टाँसिएका थिए । महाकविको छोरीलाई बिलको बारेमा जिज्ञासा राख्दा उनले आफूले प्राधिकरणलाई बारम्बार बिल काटिदिन आग्रह गरेको तर प्राधिकरणले सुन्दै नसुनेको गुनासो गरिन । उनको चिन्ता थियो, ‘यत्ति धेरै बिल अब कसले तिरिदेला ?’
भूकम्पले चर्किएका भित्ता
यो साल फेरि म महाकविको घरको फोटो खिच्ने उद्देश्यले मैतिदेवी पुगें । तर, यो साल बाहिरबाटै फर्किएँ । किनकि ढोका सबै सिल थिए र यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानले स्वामित्व लिएर पुनर्निमाण गरिरहेको जानकारी पाएँ । यो सुन्दा खुशी लाग्यो कि देशको सबैभन्दा ठूलो कविको स्मृति संरक्षणको बाटोमा रहेछ ।
धमिराले खाँदै गरेको महाकविको घरको भित्ता
तर, यही काम पहिल्यै भएको भए उहाँका कत्ति किताबहरू धमिरोको सिकार हुनबाट बच्थे र उहाँका ती सिर्जना आउँदो पुस्ताका लागि अमूल्य निधिका रुपमा रहन्थे भन्ने कुरा खट्किरह्यो । आशा छ, अर्को साल महाकविको घर खिच्न जाँदा यसलाई महाकवि जन्मेको दिन झैं झिलिमिली देख्न पाइयोस् । शब्द तथा तस्बिर : सरोज बैजु
र, यो पनि
- महाकविबारे संसद्मा बीपी :‘हाम्रो इतिहासमा यत्रो ठूलो साहित्यिक जन्मेको थिएन’
- यादव खरेलको महाकवि-प्रेम : पहिलोचोटि हेरेको हेर्यै, दोस्रोचोटि दौडेको दौड्यै अनि तेस्रोचोटि वृत्तचित्र

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_FVkoAoEDkV_fwirrhdhkva48lxvkb8htfvj0pfxj30eukekryfrbh25eul7daeid4w2zxus.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_K8lMhXx1Za_gjq7lrqpxx5sk0njdiev2rnka4tcmeruuzjudsa7sah0dkw792fxtl8oyfc7.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया