शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

बागमती प्रदेशले गर्‍यो दिगो वन व्यवस्थापन कार्यविधी जारी

काठमाडौँ - बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले आज दिगो वन व्यवस्थापन कार्यविधि जारी गरेको छ । 

प्रदेश राष्ट्रिय वन ऐन २०७६ को दफा ९२ ले दिएको अधिकारको प्रयोग गरि  मन्त्रालयले माननीय मन्त्रीस्तरिय निर्णयले जारी गरिएको उक्त कार्यबिधी विभिन्न चरणमा सबै सरोकारवालाहरु बीचको सघन छलफल पश्चात् आज जारी गरिएको हो । 

२०७९/०६/१३ र १४ गते काभ्रेपलान्चोकको धुलिखेलमा भएको  सरोकारवालाहरुको बैठकले वन निर्देशक विध्यानाथ झाको संयोजकत्वमा फेकोफन तथा फेनफिटको समेत प्रतिनिधि रहेको कार्यदल गठन गरेको थियो । 

२०७९/०९/१४ गते कार्यदलले प्रदेश सचिव यज्ञनाथ दाहाललाइ  हस्तान्तरण गरेको उक्त कार्यविधि आज मन्त्रीस्तरिय निर्णयबाट जारी गरिएको हो । उक्त कार्यविधि जारी भए संगै  अब बागमती प्रदेशको वन व्यवस्थापनले गति लिनेछ ।