नेपालमा कार्यरत जापानी स्वास्थ्य स्वयंसेविका सम्मानित

काठमाडौँ : जापान सरकारले नेपालमा सन् १९८३ देखि कार्यरत जापानी स्वास्थ्य स्वयंसेविका यमाने मासाकोलाई सम्मान गरेको छ । उनलाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन, सिल्भर रेज’ बाट सम्मानित गरेको हो । जापान सरकारले विदेशी नागरिकहरूलाई उपलब्ध गराउँदै आएको यो सम्मानका लागि यसै वर्षदेखि विदेशमा काम गर्ने जापानी स्वंयसेवकहरूलाई पनि सम्मान गर्न लागिएको हो ।
मासाकोको नेपालमा अद्वितिय स्वयंसेवाका लागि यो सम्मान दिइएको नेपालस्थित जापानी दूतावासले उल्लेख गरेको छ । उनले नेपालमा तीन दशक ग्रामीण स्वास्थ्य शिक्षा र सेवा केन्द्रसँग आवद्ध रहेर काम गरेकी थिइन् । सामाजिक र आर्थिक रूपमा विपन्न काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भागमा ग्रामीण र अर्ध सहरी क्षेत्रमा रहेर उनले काम गरेकी थिइन् । उक्त संस्थाको साख वृद्धि हुँदै देशभरबाट उपचारका लागि शोधपुछ हुन थालेको छ, यसले वार्षिक १५ हजार व्यक्तिलाई सेवा दिइरहेको छ । सन् २०१५ को महाभूकम्पपछि केन्द्रले चिकित्सक उपस्थित नहुने भूकम्प प्रभावित पहाडी क्षेत्रमा मोबाइल क्लिनिक सञ्चालन गरेको थियो । यसले ग्रामीण क्षेत्रमा मानिसहरूलाई आशा जगाउनुका साथै पीडाबाट मुक्ता गराएको थियो ।
जापान सरकारले मासाकोको योगदानलाई जापानका तर्फबाट नेपालमा महत्वपूर्ण सहयोगका रूपमा लिएको बताएको छ । यसअघि सन् २०१७ मा उनलाई राजदूतकोतर्फबाट प्रशंशा प्रदान गरिएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया