नेपाल टी-ट्वान्टीः विराटनगरको प्लेअफ सम्भावना जिवितै

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत विराटनगर सुपर किंग्सले प्लेअफको सम्भावना कायमै जिवितै राखेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार फार वेस्ट युनाइटेडलाई ६ विकेटले पराजित गर्दै विराटनगरले प्लेअफको सम्भावना कायमै राखेको हो ।
जारी लिगमा बिराटनगरले ८ खेलमा ३ जित हात पार्दै ६ अंक जोडेको छ । यता ९ खेलबाट ललितपुर अल स्टार्सले १६, जनकपुर रोयाल्सले ८ खेलबाट १०, काठमाडौँ नाइट्सले ८ खेलबाट ८ तथा पोखरा एभेन्जर्सले ८ खेलबाट ६ अंक जोडेको छ । यता फार वेस्टले भने ७ खेलमा २ अंक मात्र हात पारेको छ ।
बुधबारको खेलमा फार वेस्टले दिएको १ सय ५७ रनको लक्ष्य विराटनगरले १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पुरा गर्यो । विराटनगरका लागि रोहित पौडेलले ६० रन तथा प्रदिप ऐरीले ४० रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन जोड्यो । फार वेस्टका लागि विनोद भण्डारीले ४५ तथा हसमातुल्लाह शाहिदीले २७ रन जोडे ।
विराटनगरका शहाब आलमले ३ तथा केयोन जोसेफले २ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया