बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

एमसीसी सम्झौता नपढी टिप्पणी गरेको भनेपछि झोक्किए भीम रावल

काठमाडौँ : नेपाल र अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको मूल सम्झौता नपढी टिप्पणी गरेको भन्दै अधिवक्ता गान्धी पण्डितले आरोप लगाएपछि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष भीम रावल झोक्किएका छन् । पण्डितको यो भनाइमा रावलले आपत्ति जनाउँदै झोक्किएर भने, ‘आइ एम वन अफ द कि ल मेकर, हु प्लेड क्रिटीकल रोल टु ड्राफ्ट द कन्स्टिच्यूसन अफ नेपाल (म नेपालको संविधान मस्यौदा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विधायक हुँ), म कानुनको विद्यार्थी पनि हुँ ।’ 

पूर्व उपप्रधानमन्त्री रावल एमसीसी सम्झौताको विपक्षमा धारणा राख्दै आएका छन् । उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले एमसीसीसँगको सम्झौताका सम्बन्धमा अध्ययन गर्न पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित समितिका सदस्य पनि थिए । रावलले एमसीसीसँगको सम्झौता लागू भए विद्यमान अमेरिकी कानुन नेपालमा लागू हुने मात्र होइन, कालान्तरमा अमेरिकामा बन्ने कानुन पनि यहाँ लागू हुने अभिव्यक्ति दिएका छन् । 

यो परियोजना कार्यान्वयनका क्रममा आउने व्यक्तिहरूको पासपोर्ट हेर्न नपाइने जस्ता आपत्तिजनक विषय भएको बताए । ‘यो प्रसारणलाइन नेपालले मर्मत गर्न पनि पाउँदैन, दीर्घकालसम्म यो अमेरिकाको अधिकारमा हुन्छ,’ रावलले भने, ‘अमेरिका र नेपालबीचको द्विपक्षीय सम्झौतामा भारतसँग पनि सम्झौता लिने भएको छ । यो त्रिपक्षीय सम्झौता हो कि द्विपक्षीय हो ?’

नेपाल–अमेरिका उद्योग वाणिज्य संघले आयोजना गरेको ‘नेपालमा एमसीसी सम्झौता’ विषयमा आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा अधिवक्ता पण्डितले अंग्रेजी भाषामा लिखित उक्त सम्झौतामा रहेको ‘एरेन्जमेन्ट’ (प्रबन्ध) शब्दलाई समेत भारतसँगको सम्झौता भनेर व्याख्या गरेको भन्दै अन्तरदेशीय विद्युत व्यापार पूर्वाधार सहितको अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण सुनिश्चितताको प्रबन्ध भएको हुनुपर्ने भनिएकोमा भारतको समेत सहमति लिनुपर्ने भनेर व्याख्या गर्नु गलत भएको बताए । उनले विश्व बैंक तथा अन्य द्विपक्षीय ऋण तथा अनुदान सहायता सम्झौताको तुलनामा एमसीसी सम्झौता धेरै लचक र नेपालको हितमा रहेको बताए । ‘अन्तरदेशीय प्रशारणलाइन निर्माण गर्नेभएपछि भारतसँग त्यसको सुनिश्चितताको प्रबन्ध गर्नु नै पर्छ,’ पण्डितले भने, ‘अनुदान सहयोगमा विधुत क्षेत्रको रूपान्तरणका लागि यो सहयोगले महत्वपूर्ण भूमिका खेल्नेछ । अन्तर्राष्ट्रिय कानुनको सामान्य ज्ञान राख्नेले यो सम्झौतामा खोट देखाउने ठाउँ छैन ।’

अधिवक्ता पण्डितले द्विपक्षीय करारको अन्य मानक र सम्झौताहरू हेरेर टिप्पणी गर्न सुझाव दिए । उनले भीम रावलले आफूले सम्झौता अध्ययन गरेको भन्दा पनि कुनै कर्मचारीको भरमा पर्दा उनलाई गलत ‘ब्रिफिङ’ भएको टीप्पणी गरेका थिए । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता