नेपाल टी-ट्वान्टीः लुम्बिनीको आठौँ जित, काठमाडौँ पराजित

काठमाडौँ- नेपाल टी-ट्वान्टी लिगअन्तर्गत प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी अल स्टार्सले आठौ जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले काठमाडौँ नाइट्सलाई १ सय २ रनले पराजित गर्यो । काठमाडौँको यो ८ खेलमा चौथो पराजय हो ।
काठमाडौँका खेलाडीहरू टसका लागि मैदानमा आएपछि ढिलो आएपछि १७ ओभरमा समेटिएको खेलमा लुम्बिनीले काठमाडौँलाई १ सय ८४ रनको लक्ष्य दिएको थियो ।
सो लक्ष्य पछ्याउने क्रममा काठमाडौँले १५ ओभर ४ बलमा सबै विकेट गुमाएर ८१ रन मात्र जोड्यो । काठमाडौँका लागि बसिर अहमदले २३ रन जोडे । लुम्बिनीका लागि इशान पाण्डे, कुशल भुर्तेल र ह्यारी टेक्टरले २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन जोड्यो । लुम्बिनीका लागि हरमित सिंहले ३६ बलमा २ चौका र ८ छक्काको मदतमा ७० रन बनाए ।
काठमाडौँका अविनाश बोहराले सर्वाधिक ३ तथा बसिर अहमदले २ विकेट लिए ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया