संक्रमितलाई राख्न हेटौंडा अस्पतालमा २० एचडीयू बेड निर्माण

हेटौंडाः हेटौंडा अस्पतालले कोभिड–१९ संक्रमितको उपचार गर्न २० हाइ डिपेन्डेन्सी (एचडीयू) बेड तयार पारेको छ । शुक्रबारदेखि संचालनमा ल्याउने तयारी गरेको अस्पतालका कोभिड उपचार कक्षका चिकित्सक सागर काफ्लेले बताए । यसअघि हेटौंडा अस्पतालले १० एचडीयू बेडको संचालन गरेर कोभिड–१९ संक्रमितलाई उपचार दिन सुरु गरेको थियो । बिहीबार मकवानपुरको प्रमुख जिल्ला अधिकारी सहित स्वास्थ्यकर्मी, हेटौंडा उपमहानगरका प्रतिनिधि लगायतले कोभिड–१९ उपचार कक्षको निरीक्षण गरेका थिए ।
पाँच दिनमै २० एचडीयू बेडको संरचना तयार भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । ‘अब गम्भीर संक्रमितको उपचार गर्न भरतपुर वा काठमाडौं जानु पर्दैन’ उनले भने । यस्तै १० बेडमा आइसीयू सेवा उपलब्ध हुनेछ । अस्पतालमा अहिले ६ वटा भेन्टिलेटर भए पनि ४ वटा प्रयोगमा आएका छन् । भेन्टिलेटर भने अहिलेसम्म संक्रमितलाई प्रयोग गर्न नपरेको कोभिड–१९ उपचारमा खटिएका चिकित्सक सागर काफ्ले बताए । अस्पतालमा हाल कुल १७ वटा आइसीयू बेड छन् । यसैगरी भेन्टिलेटरसहितको कोभिड आइसीयू छुट्टै संचालन गर्ने तयारी भएको उनले जानकारी दिए । अस्पतालको कोभिड–१९ उपचार कक्षमा अहिले ९ जना गम्भीर प्रकृतिका संक्रमितहरू उपचारत छन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया