नेपाल टी-ट्वान्टीः काठमाडौँको चौथो जित

काठमाडौँ- नेपाल टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत काठमाडौँ नाइट्सले चौथो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा काठमाडौँले बिराटनगर सुपर किंग्सलाई ३४ रनले पराजित गर्दै काठमाडौँले चौथो जित दर्ता गरेको हो ।
पारिश्रमिक विवादका कारणका ९ ओभरमा सिमित भएको खेलमा ९३ रनको लक्ष्य पछ्याएको बिराटनगरले ८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५८ रन मात्र जोड्यो ।
बिराटनगरका लागि गौरान्सु शर्माले २२ रन तथा विवेक यादवले १२ रन बनाए । काठमाडौँका कमल ऐरीले सर्वाधिक ३ विकेट लिए । सुनम गौतम र अनिल खरेलले समान २-२ विकेट तथा अविनाश बोहरा र बसिर अहमदले १-१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनायो । काठमाडौँका लागि सन्दीप रजालीले सर्वाधिक ३२ रन बनाए ।
बिराटनगरका नन्दन यादवले ३ तथा हुसेन तलत र केयोन जोसेफले १-१ विकेट लिए ।
सात खेलमा बिराटनगरको यो पाँचौ हार हो । काठमाडौँले भने सात खेलमा चौथो जित हात पारेको हो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया