कोभिड-१९ अपडेट : बिहीबार मात्रै ३५ जनाको मृत्यु, ४९२८ मा संक्रमण

काठमाडौँ : बिहीबार कोभिड–१९ संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ज्यान गुमाउनेको सख्या ३ हजार २४६ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ४९ सय २८ जनामा कोभिड पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ५९७ पीसीआर परीक्षणका क्रममा चार हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षणका क्रममा ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको छ । त्यस्तै ८८८ जना संक्रमणमुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८० हजार १६७ जना संक्रमित निको भएका छन् । हाल ५९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २४ लाख ५८ हजार ५६५ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया