बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

‘रूस र चीनको बीचमा रहेर पनि एमसीसीको सहयोग लियौं, हाम्रो सार्वभौमसत्ता बलियो भएको छ’

काठमाडौंँ: अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेनज कर्पोरेसनबाट दुईओटा कम्प्याक्ट लागू गरिसकेको देश मंगोलियामा उक्त सहयोगले मंगोलियामा पूर्वाधार र सेवाको गुणस्तर अभिवृद्धिमात्र नभइ सुशासन, प्रजातान्त्रिक र मानव अधिकार, सुशासन, पारदर्शीता, विधिको शासन लगायत थुप्रै सुधार भएको बताइएको छ । नेपाल– अमेरिका उद्योग वाणिज्य संघले आयोजना गरेको ‘के एमसीसीले नेपालको सार्वभौमसत्तासँग सम्झौता गराउँछ ?’ भन्ने सत्रमा बोल्दै आमचाम मंगोलियाकी उपाध्यक्ष मुन्खानसन नरमान्दाखजले मंगालिया रूस र चीन जस्ता शक्तिशाली र प्रभावशाली देशहरूको बीचमा रहेर पनि मंगोलियाले एमसीसीसँग दुई पटक कम्प्याक्ट अन्तर्गत अनुदान सहयोग परिचालन गरेको बताइन् । 'जहाँसम्म भूराजनीतिक प्रश्न छ, यो तेश्रो मुलुकसँग सम्बन्ध विस्तार गर्ने नीति पनि हो तर चीन, रुस वा अमेरिकासँगै निर्भर हुने भन्ने होइन ।'  उनले भनिन् । 

नरमान्दाखज एक अर्थशास्त्री हुन् । उनीसँग विश्व बैंक लगायत अन्तर्राष्ट्रिय संस्थामा समेत काम गरेको अनुभव छ । उनले आफ्नो देश मंगोलियाले अमेरिकी सहयोग निकाय, एमसीसीसँग दुईपटक कम्प्याक्ट अन्तर्गत अनुदान सहयोग लिएर काम गर्‍यो भन्ने सम्बन्धमा भर्चुअल अन्तर्क्रियामार्फत् अनुभव सुनाएकी हुन् । 

'ठूलो अनुदान भएकाले अमेरिकी अनुदान सहयोगका सम्बन्धमा हामीले अध्ययन गरेका थियौं । कम्प्याक्टका लागि अनुदान लिने देशले अनुरोध गर्ने हो, यो लिन अमेरिकाले कुनै दबाब दिएको होइन ।,'  नरमान्दाखजले भनिन्, 'एमसीसीको आधारभूत दर्शन भनेकै अनुदान लिने  देशको आफ्नै समीक्षाका आधारमा कस्ता परियोजनामा लगानी गर्‍यो भने उत्तम प्रतिफल हासिल हुन्छ भनेर सम्बन्धित देशले छानेका परियोजनामा लगानी गर्ने हो ।'

‘हामीले एमसीसीको सहयोगमा एउटा खानेपानी परियोजना सम्पन्न गर्‍यौं, यसले सेवा प्रवाहमा रूपान्तरण मात्र गरेन । हाम्रो संस्थाहरू निर्माणमा सहयोग पुग्यो  । थप लगानी र विश्वास आर्जन भएको छ,’ उनले भनिन्, ‘यसले हाम्रो सार्वभौमसत्ता कमजोर होइन, बलियो भएको छ ।’ उनले संस्थागत विकास र सुशासनको उदाहरण दिदैं भनिन्, ‘हामीले पारदर्शी र प्रतिस्पर्धी खरिद प्रणाली लागू गरेका छौं । विधिको शासन र पारदर्शीता बलियो भएको छ ।’ उनले विकास परियोजना कार्यान्वयनमा मंगोलियाको दक्षता समेत बढेको बताइन् । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता