‘यो सुनामी हो, कसलाई लैजान्छ र को बाँच्छ थाहा छैन’
‘हामी केही गर्न नसक्ने अवस्थामा छौँ’

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमण र मृत्युदर दैनिक बढिरहेको छ । भारतमा दोस्रो चरणको महामारी तीब्र रूपमा फैलिरहेको बेला सुदूरपश्चिममा जोखिम झन् बढेको छ । यहाँ भारतबाट नेपालीहरू धमाधम स्वदेश फर्किरहेका छन् । सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पताल संक्रमितले भरिभराउ छन् । थप बिरामीको उपचार गर्न सकिने अवस्था छैन् । प्रदेश सरकारले कोभिड विषेश अस्पताल घोषणा गरेको सेती प्रादेशिक अस्पतालका ५५ श्यैयामा ६० जनाको उपचार भइरहेको छ । उनीहरूमध्ये तीन जनाको भेन्टिलेटर र १२ जनाको आइसीयूमा उपचार भइरहेको छ ।
आवश्यक उपकरण र जनशक्तिको व्यवस्था नहुँदा स्थिति भयावह हुन थालेको चिकित्सकहरू बताउँछन् । यसै सन्दर्भमा इकागजका सुदूरपश्चिम प्रतिनिधि नवराज पनेरुले सेती प्रादेशिक अस्पतालका कोभिड–१९ विभाग प्रमुख डा. शेरबहादुर कमरसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश:
कोभिड–१९ संक्रमितले अस्पताल भरिभराउ भएका छन् । कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
- सेती प्रादेशिक अस्पतालमा अहिले कोभिड बिरामीको लागि छुट्याइएका बेड भरिएका छन् । थप बिरामीलाई राख्न सक्ने अवस्था छैन । गम्भीर प्रकृतिका बिरामीको आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्दै आएका छौँ । मध्यम र कडा लक्षण भएका बिरामीलाई अक्सिजन दिएर उपचार गरिरहेका छौँ। अन्य संक्रमितलाई घरमै सुरक्षित भएर बस्न आग्रह गरिरहेका छौँ ।
गम्भीर प्रकृतिका बिरामीलाई पुग्ने आइसीयू बेड र भेन्टिलेटरको व्यवस्था छ त ?
- कोरोना संक्रमण दर बढेपछि गम्भीर प्रकृतीका बिरामीको संख्या पनि बढेको छ । हामीसँग आइसीयू र भेन्टिलेटर थोरै मात्र छन् । गम्भीर प्रकृतिका बिरामीको संख्या बढी छ । सबै भेन्टिलेटरले काम पनि गर्दैनन् । त्यसैले सीमित बिरामी मात्र भर्ना गर्नुपर्ने बाध्यता छ ।
उपलब्ध आइसीयू र भेन्टिलेटरभन्दा गम्भीर प्रकृतिका संक्रमितको संख्या बढी रहेछ । कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
- अब कसैले पनि व्यवस्थापन गर्न सक्दैन । हामीसँग विगतमा थुप्रै समय थियो । त्यो बेला कसैले केही गरेन । अब एकैचोटी धेरै बिरामीको व्यवस्थापन गर्न सकिदैन । ‘आउट अफ कन्ट्रोल’ भइसक्यो । देश सञ्चालन गर्नेहरूले हाम्रो जनसंख्या यति हो । यति जनसंख्यालाई यति बेड चाहिन्छ । कुनै महामारी भयो भने हामीले कसरी व्यवस्थापन गर्ने ? लगायतको विषयमा पहिले नै तयारी गर्नुपर्थ्योे । अब एक्कासि हुरी-बतास जस्तो संक्रमण बढिसकेपछि व्यवस्थापन गर्न मुस्किल हुन्छ ।
अहिले उपकरण त ल्याउन सकिएला तर तत्काललै ती उपकरण चलाउने जनशक्ति तयार पार्न सक्दैनौ । उपकरण मात्र थपेर ४० वर्ष अगाडिको जनशक्तिले चलाउन सक्दैनन् । नीतिगत तहमा राम्रो काम नभएपछि जनताले यस्तैगरी दुख पाउँछन् । यो त सुनामी जस्तै हो । सुनामीले कसलाई लान्छ र को बाँच्छ थाहा छैन । हामी केही गर्न सक्ने अवस्थामा छैनौँ ।
महामारी सुरु भएकै एक वर्ष बढी भइसक्यो। सुरुवातदेखि प्रभावकारी व्यवस्था गर्नेतर्फ कसैले ध्यान दिएन । अहिले अब केही गर्न सकिदैन भन्न मिल्छ ?-- - सतप्रतिशत सही हो । एक पटक दुख पाइसकेपछि सजक बन्नुपर्ने थियो । तर यहाँ एक जना जनशक्ति पनि थप गरिएन । भवन बनाउने र उपकरण खरिदमा मात्रै चासो भयो । उपकरण चलाउने जनशक्तिको व्यवस्थापनमा कसैले पनि चाँसो दिएन ।
अब सरकार र जनतालाई तपाईंको सुझाव के छ ?
- विगत एक वर्षदेखि नै हामीले भन्नुपर्ने कुरा भनिरहेका छौ । हामीले भनेका कुरा कसैले गम्भीर रूपमा लिएन । सकेसम्म आफू बच्ने हो । मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य रूपमा गर्न र भौतिक दूरी कायम गर्न आग्रह गर्दछु । अनावश्यक रूपमा बाहिर नजाऔं । घरभित्रै बस्दा हामी सबैभन्दा बढी सुरक्षित हुन्छौं । सरकारले संक्रमितको उपचारका लागि सबैभन्दा पहिले श्यैयाको व्यवस्था गर्न आवश्यक छ । अक्सिजन उत्पादन गर्ने कम्पनीसँग सल्लाह गरेर अथवा प्लानट जडान गरेर भए पनि अक्सिजनको व्यवस्था गर्न आवश्यक छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_lIyjC0pRSJ_4dz46vpcpiut3vphzk6oj9j86cl2zgedve5gb0yoq9g0sl91ourphoudr4ex.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया