सुदूरपश्चिमका एकैदिन ११ जना कोभिड-१९ संक्रमितको मृत्यु

धनगढी : बिहिबार सुदूरपश्चिम प्रदेशमा ११ जना कोभिड संक्रमितको मृत्यु भएको छ । कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक/एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो ।
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ बस्ने ४५ वर्षीया महिलाको बिहान मृत्यु भएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार उनको संक्रमण पुष्टि भएको १२ घण्टामै बिहान मृत्यु भएको थियो । यस्तै सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत कैलाली लम्कीचुहा-२ का ३३ वर्षीय पुरुष र घोडाघोडी-१० का ६० वर्षीय पुरुषको पनि आजै मृत्यु भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
आजै कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनमा कोभिड संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार आजै घोडाघोडी नगरपालिका-१२ का २८ वर्षीय कोरोना संक्रमित युवकको पनि सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । सूचना अधिकारी जोशीले आजै धनगढी उपमहानगरपालिकाका ४० बर्षीय पुरुषको पनि कोभिड संक्रमणबाट मृत्यु भएको बताए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय युवक, महाकाली नगरपालिकाका ३० वर्षीय युवक र भीमदत्त नगरपालिका-१८ की ३६ वर्षीया एक महिलाको आजै मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ । अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाका अनुसार भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पनि पुष्टि भएको थियो । यस्तै ३० वर्षीय युवकलाई मंगलबार अस्पतालमा उपचारको लागि भर्ना गरिएको उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनी भारतबाट आएका थिए ।
यस्तै कोभिड भाइरसको संक्रमणका कारण अछामका एक वृद्धको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढी गाउँपालिका-५ कालिका बाहुन गाउँका ७७ वर्षीय लोगराज ढुङ्गानाको मृत्यु भएको हो । ढुंगानाको नेपालगंजबाटबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको हो । उता कोभिड भाइरसको संक्रमणबाट बझाङमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला अस्पतालमा उपचाररत मष्टा गाउँपालिका-५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका काभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए । उपचारका लागि बुधबार अस्पताल पुगेका ती पुरुषमा ऐन्टिजेज विधिबाट परीक्षण गर्दा कोरोना पुस्टि भएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि रेफर गर्ने तयारी गर्दैगर्दा ज्यान गएको काभिड सम्पर्क व्यक्ति जोशीले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया