बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

लुम्बिनीमा माओवादी केन्द्र संसदीय दलकाे नेतामा जोखबहादुर महरा

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनीमा संसदीय दलकाे नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क)बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा चयन भएमा छन् ।

प्रदेशसभा सदस्यहरूको बैठकले महरालाई दल नेताका रूपमा सहमतिमा निर्वाचित गरेको हो । महरा माओवादी अध्यक्ष प्रचण्डका पूर्व स्वकीय पनि हुन् । लुम्बिनी प्रदेशमा  माओवादी केन्द्रका ९ जना सदस्य छन् । यसअघि एमाले र कांग्रेसले पनि दलको नेता सहमतिमै चयन गरेका छन् ।