लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसन आज, डिल्लीराज भुसालले अध्यक्षता गर्ने

बुटवल - लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसन आज बस्दै छ । हिजो प्रदेश सभा सदस्यहरूले सपथ लिएसँगै आज पहिलो बैठक बस्न लागेको हो । सभामुख चयन नभएकोले प्रदेश सभा पहिलो अधिवेसनको अध्यक्षता ६९ वर्षीय डिल्लीराज भुसालले गर्ने भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले जेष्ठताको आधारमा गुल्मी प्रदेश सभा २(१)बाट निर्वाचित भुसालाई सभामुख र उपसभामुख चयन नभए सम्मको लागि अधिवेसन तथा बैठकको अध्यक्षता गर्न जिम्मेवारी प्रदान गरेका हुन् ।
बुबा चिन्तामणि भुसाल र आमा निमकला भुसालको कोखबाट २०१० साल जेठ ७ मा अर्घाखाँची जिल्लाकाे साविक मरेङ गाविस ६ हाल मालारानि १ भुसालको जन्म भएको थियो । रेसुङ्गा नगरपालिका बडा नं. ०१ नयाँबजार तम्घास निवासी भुसाल नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
रेसुङ्गा नगरपालिका गुल्मीको संस्थापक प्रमुख समेत रहेका भुसाल हाल एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य छन् । २०३८ सालमा माले पार्टीसँग आबद्ध भई लामो समयसम्म एमालेको गुल्मी जिल्ला कमिटी सदस्य, रेसुङ्गा नगरपालिका पाटी ईन्चार्ज, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी निभाई सकेका छन् ।
उनै भुसाललाई लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसनको अध्यक्षता गर्ने अवसर प्राप्त भएको हो । ‘प्रदेश सभाको गरिमा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणनै अहिलेको आवश्यकता हो’ भुसालले भने,‘मैले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छु । प्रदेश सभाले जनभावना अनुसार काम गर्नेगरी मेरो भूमिका हुनेछन् ।’

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया