निषेधाज्ञामा पनि बजार सुचारु भएपछि बढ्यो नेप्से
१ प्रतिशतले बढ्यो नेप्से, तीन कम्पनीको सेयर मूल्यमा उछाल

काठमाडौं : निषेधाज्ञाको पहिलो दिन सेयर बजार बढेको छ । निषेधाज्ञामा सेयर बजार बन्द हुने हल्ला चलेपछि केही समयअघि नेप्से परिसूचक लगातार ओरालो लागिरहेको थियो । तर, निषेधाज्ञामा समेत नेप्से कारोबार खुल्ला भएपछि लगानीकर्ताहरू सेयर बजार बढ्ने संकेत देखिएको छ ।
बिहीबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक २५.८२ (१ प्रतिशत)ले बढेर २६११.१० बिन्दुमा पुगेको हो । लगानीका अन्य क्षेत्रमा जोखिम देखिएपछि लगानीकर्ताहरू सेयर बजारमा बढी झुम्मिएका छन् । सेयर बजारमा अनलाइनमार्फत सजिलै किनबेच गर्न सकिने भएकाले पनि यसको आकर्षण बढेको छ ।
सिंगटी हाइड्रोपावरको सेयर मूल्य ३३ रुपैयाँले बढेर सर्किट ब्रेकर लागेको छ । जलविद्युत समूहको परिसूचकमा समेत उच्च वृद्धि देखिएको छ । यो समूहको परिसूचक ३.२१ प्रतिशतले बढेको छ ।
महिला लघुवित्तको सेयर मूल्य पनि २८४ रुपैयाँले बढेर सर्किट ब्रेकर लागेको छ । विशाल बजार कम्पनीको सेयर मूल्यमा उछाल आउने क्रम रोकिएको छैन । बिहीबार यो कम्पनीको सेयर मूल्य ४६३ रुपैयाँले बढेर ५०९९ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएकामध्ये एनसीसी बैंकको सेयर कारोबार उच्च छ । यो बैंकको ३० करोड ९६ लाख रुपैयाँ सेयर किनबेच भएको छ । दोस्रोमा शिवम् सिमेन्टको सेयर कारोबार उच्च छ ।कुल सेयर कारोबार ४ अर्ब ३१ करोड रुपैयाँ छ । ५० हजार ६७३ पटकको कारोबारमा ९८ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया