एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी

बुटवल- नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरीलाई सर्वसम्मत चयन गरेको छ । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ ।
आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवै जनालाई सर्वसम्मत चयन गरिएको सांसद भूमिश्वर ढकालले बताए । गिरी रूपन्देही २ को १ बाट र आचार्य अर्घाखाँची १ को २ बाट निर्वाचित भएका हुन् ।
यसअघि दुवै जना दलको नेतामा आकांक्षी भए पनि नेतृत्वले सहमतिमा टुंगाएको हो । उनीहरू दुवै जना पूर्वमन्त्री हुन् । आकांक्षी मध्येका भोज प्रसाद श्रेष्ठले दावी गरेपनि नेतृत्वले सहमत गरेपछि उनी पछि हटेका छन् ।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_gbzzxT6oel_gbuq8p8jftqfra60naeyix7hwmhkmnlegfrnvtrv5i2o04luwxqa0g0kwtiv.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_WBbq55ZWIS_zhppa0ib3tatlpnof9rrrvvkcwy1mketph8n6yvpnnp0micvbag8hpzacjkp.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया