प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की निश्चित

विराटनगर - प्रदेश १ मा एक सातामा नयाँ सरकार बन्ने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेसँगै सरकार गठनको बाटो खुल्ला भएको हो ।
आइतबार प्रदेश प्रमुख खापुङले सरकार गठनको लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न खापुङले आग्रह गरेका छन् ।
संविधानको धारा १७८ को उपधारा (१०)अनुसार कुनै पनि राजनैतिक दलको बहुमत नभएकाले उपधारा २ बमोजिम सरकार गठन हुने भएको छ । आइतबार जारी विज्ञप्तिमा ‘प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्युबाट आह्वान भएको छ,’ पत्रमा उल्लेख छ ।
प्रदेश १ मा सत्तारुढ गठबन्धन अन्तर्गत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार बन्ने प्रस्ट भएको छ । प्रदेश १ मा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सिट छ । प्रदेशमा जम्मा ९३ सांसद छन् । सरकार गठनका लागि ४७ सिट आवश्यक पर्छ ।
नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्ने अन्तिम तयारीमा रहेका सत्तारुढ दलहरू बाँकी मन्त्रालय र सभामुख उपसभामुखको भागबन्डाको तयारीमा छन् । एमालेको तर्फबाट हिक्मत कुमार कार्की मुख्यमन्त्री बन्ने भएका छन् ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_qFn3EXKyuy_cc0et3jttbhjllccdihmm1vd6sozcai8k3x84ggqvbutafx5w5oqz16bbx87.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया