प्रदेशसभाको अर्को बैठक नयाँ सरकार बनेपछि

विराटनगर । आइतबार बसेको प्रदेश १ को प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठकले दोस्रो बैठक नयाँ सरकार गठन भएपछि बस्ने गरी तोकेको छ । आइतबार नै प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकारको गठन पुस २४ गते बेलुका ५ बजेभित्र हुने गरी तोकेपछि प्रदेशसभाको बैठक पनि भोलिपल्ट अर्थात पुस २५ गते बोलाइएको हो ।
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको अध्यक्षता गरेका ज्येष्ठ सदस्य गयानन्द मण्डलले सभाको आगामी बैठक पुस २५ गते दिनको १ बजे बस्ने जानकारी दिए । पहिलो अधिवेशनको बैठकमा प्रदेश प्रमुख खापुङले प्रदेशसभाको बैठक आह्वान सम्बन्धी पठाएको पत्र पढेर सुनाइएको थियो । बैठकबाट प्रदेशसभा नियमावली (पहिलो संशाेधन) २०७४ लाई दोस्रो कार्यकालका लागि स्वीकार गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भीम पराजुलीको प्रस्ताव र एमालेका सांसद लिलाबल्लभ अधिकारीको समर्थनमा बैठकमा उपस्थित सभा सदस्यहरुले नियमावली स्वीकार गर्ने प्रस्ताव पारित गरेका हुन् । नियमावली स्वीकृत गर्ने प्रस्ताव पारित भएसँगै प्रदेशसभा र सचिवालयको नियमित काम कारवाही अघि बढाउन बाटो खुलेको हो ।
आइतबारको प्रदेशसभा बैठकमा वर्तमान सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट जारी भएको प्रदेश सरकारको प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशाेधन गर्ने अध्यादेश २०७९ सभामा टेबल भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दुवै अध्यादेश सभामा टेबल गरेका हुन् ।
त्यसैगरी अघिल्लो प्रदेशसभाका सदस्य तथा सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनको शोक प्रस्ताव समेत प्रदेशसभाबाट पारित गरिएको छ । बैठकको सुरुमै विभिन्न प्रकारका आन्दोलनहरुमा सहादत गर्ने सहिदको स्मरणमा एक मिनेट मौनधारण समेत गरिएको थियो ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_HnPiRDOwCQ_clru5kzlg1mhonaq2o1zep1kmebl4s8jfyl1n3iiftexmbmfa9cadtpgzk8b.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया