नयाँ वर्षकै दिन टोकियोमा एक नेपाली विद्यार्थी मृत फेला

जापान - टोकियोकोमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । टोकियोको इकेबुकुरोमा बस्दै आएका धनकुटाका २८ वर्षीय नेपाली युवा मृत अवस्थामा भेटिएका छन् ।
विद्यार्थीका रुपमा २०२२ को जुलाईमा जापान आएका अनिस कटुवाल आफू बस्दै आएको कोठाको बाथट्युबमा आइतबार बिहान मृत अवस्थामा भेटिएको उनका साथीले जानकारी दिए ।
कोठामा संगै बस्दै आएका दुई जना साथी नयाँ वर्ष मनाउन गएराति बाहिर गएको र बिहान ५ बजे कोठामा फर्कँदा कटुवाल बाथट्युबमा तैरिएको अवस्थामा मृतक भेटिएको बताइएको छ ।
तीदुई जना साथीहरू नयाँ वर्ष मनाउन बाहिर जाने बेलामा कटुवाल सुतिरहेको र फर्कँदा मृत भेटिएका हुन् । मृत भेटेपछि साथीहरूले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली दूतावाससँग समन्वयपछि बाँकी प्रक्रिया अगाडि बढाउन लागिएको जनाएको छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया