कार्मको ‘अनन्त’ र प्रदीपको ‘प्रकाश’ प्याक अप

काठमाडौं : अभिनेता कार्म र लक्ष्मी बर्देवाको अभिनय रहेको ‘अनन्त’ले सुटिङ प्याकअप भएको जनाएको छ । निर्माता नवविजय श्रेष्ठले निर्धारित समयमा नै फिल्मको सम्पूर्ण सुटिङ सकाएको बताए । यो फिल्म २० दिनमा सुटिङ सक्ने लक्ष्यसहित फ्लोरमा गएको थियो ।
टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गरेका हुन् । अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । फिल्मले प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्नेछ ।
जेसनकै कथा रहेको फिल्मलाई बबिन दुलालले खिचेका हुन् । फिल्मलाई नवविजय श्रेष्ठले निर्माण गर्न लागेका हुन् । उनलाई निर्माणमा सह निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्काले सघाउनेछन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रुपमा रहनेछन् ।
रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसरको भूमिकामा रहेका छन् । फिल्म किपालय प्रडक्सनको ब्यानरमा बनेको हो ।यसैगरि प्रदीप खड्काको अभिनय रहेको ‘प्रकाश’ले पनि सुटिङ सकाएको जानकारी गराएको छ । जुम्लामा सुटिङ भइरहेको यो फिल्म ४२ दिन खिचिएको निर्माण टिमले जनाएको छ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा रेणु योगी, दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसी लगायतका कलाकारको पनि अभिनय छ । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा महेन्द्र अधिकारीको लगानी छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा विकास सुवेदीको लेखन रहेको छ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया