प्रदेश सरकारले सार्वजनिक बस किन्दा व्यवसायीहरूको विरोध

जनकपुरधाम : आम जनतालाई सहुलियत दरमा यातायात सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश-२ सरकारले बस किनेपछि यातायात व्यवसायीहरूले विरोध गरेका छन् । कोभिड-१९ को महामारीमा व्यवसायी परिरहेको बेलामा प्रदेश सरकारले झन पिडा थप्ने काम गरेको व्यवसायीहरूले बताएका छन् । माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.का अध्यक्ष मनोज चौधरीले कोभिडका कारण यातायात व्यवसायी ७ महिनादेखि आर्थिक मार झेलिरहेको अवस्थामा प्रदेश सरकार थप पीडा दिने काम गरेको बताए ।
चौधरीले कोभिड त्रासका कारण जनकपुरधामबाट मुश्किलले ३५/४० गाडी मात्रै संचालनमा रहेकाले बस व्यवसायीहरु घाटा सहेर अल्टरनेट रुपमा बस संचालन गर्दै आइरहेको बताए । दिनहुँ घाटामा गइरहेका बस व्यवसायलाई प्रोत्साहन गर्नुको सट्टा कमीशनको चक्करमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले थप पीडा दिने काम गरेको आरोप लगाए ।
श्री रामजानकी ट्राभ्लसका संचालक नरेश साहले जनतालाई कोभिडको चेकजाँच र उपचारको व्यवस्था नगरी संक्रमणकालिन अवस्थामा कमीशनको चक्करमा बस किनेर आफूहरुलाई पीडा दिने काम प्रदेश सरकारले गरेको बताए । बस किन्नु भन्दा संचालन गर्नु प्रमुख चुनौती भएको उनको भनाइ छ । यसअघि नेपाल सरकारले साझा यातायात संचालन गरेर घाटा व्योहर्दै आएको अवस्थामा ६ महिनाभन्दा बढी समय घाटा सहेर प्रदेश सरकार संचालन गर्न नसक्ने उनले बताए ।
साह जस्तै अन्य बस व्यवसायीहरुलेले पनि बस व्यवसायीहरूलाई बैंक ऋण र ब्याजमा सहुलियत दिन माग गरेका छन् ।
प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले निजी बस व्यवसायीहरूले भाडा बढी लिने गरेको भन्दै प्रदेशवासीको यातायातमा सहजताको लागि ५ वटा बस किनेको छ । गत आर्थिक वर्षमै किनिएको बस बोर्डर बन्द रहेकाले गत सातामात्रै अस्थायी राजधानी जनकपुरधाम ल्याइएको छ । प्रदेश परिवहन नाम दिइएका बस सप्तरी राजविराजदेखि पर्साको बिरगंजसम्म संचालन हुनेछन् ।

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

प्रतिक्रिया