अपांगता भएकाहरू रोजगारी खोज्दै मेलामा

विराटनगर । रोजगारी र स्वरोजगारका अवसरमा अपागंता भएका व्यक्तिहरुलाई संरक्षित रुपमा समान मौका दिने उदेश्यले विराटनगरमा शुक्रबारदेखि दुई दिने रोजगार मेला सुरु भएको छ । मेलामा प्रदेश १ का १४ वटै जिल्लाबाट करिब तीनसय जना अपांगता भएका व्यक्तिहरु रोजगारीको उपयुक्त अवसर खोज्दै आइपुगेका छन् ।
अपांगता हुँदैमा केही पनि गर्न नसक्ने वा असक्षम नै हुने भन्ने धारणा विपरीत विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरु आफूलाई अनुकुल हुने खालका रोजगारीका अवसरका लागि मेलामा उपस्थित भएका हुन् । अपांगता भएर पनि अनुकुल वातावरण भएमा उनीहरुले आफ्नो सक्षमता प्रदर्शन गर्नसक्ने मान्यतालाई मूर्त रुप दिन मेला नेपाल उद्योग बाणिज्य महासंघ १ नम्बर प्रदेश समिति, करुणा फाउण्डेशन र द लेप्रोसी मिसन नेपाल र राष्ट्रिय अपांग महासंघको अगुवाईमा दुई दिने अपांगता समावेशी रोजगार मेला २०२२ विराटनगरमा आयोजना गरिएको हो ।
मेलामा रोजगारका अवसर प्रदान गर्ने उद्योग प्रतिष्ठान, कलकारखाना, कार्यालय तथा संघसंस्थाहरुको तर्फबाट ३४ वटा स्टल राखिएका छन् । ती स्टलहरुमा अपांगता भएका व्यक्तिहरुले आफ्नो क्षमता अनुसारको कामको अवसरका लागि सूचीकृत हुने मौका मेलाबाट प्राप्त गरेका हुन् । मेलाबारे जानकारी दिंदै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र कुमार राउतले क्षमता र योग्यता प्रस्तुत गरि अपांगता भएका व्यक्तिहरुलाई पनि समाजमा आफ्नो पहिचान स्थापित गर्नका लागि अवसर प्रदान गरिएको बताए ।
उनले मेला आयोजना गरिएको मेलाका माध्यमबाट विशिष्कृत क्षमता भएका अपांगता भएका व्यक्तिहरुको रोजगारीको अवसरमा पहुँच सुनिश्चित भएको बताए । राउतले त्यसका माध्यमबाट राष्ट्रिय आय बृद्धिमा समेत योगदान पुग्नेमा आफूहरु विश्वस्त रहेको राउतले बताए । दुई दिने रोजगार मेलाको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले निजी क्षेत्रको अग्रसरतामा अपांगता भएका व्यक्तिहरुको क्षमता र सीप विकासमा प्रभावकारी अवसर सिर्जना गर्न खोजिनु राज्यका लागि सराकात्मक कार्य भएको बताए ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_qFn3EXKyuy_cc0et3jttbhjllccdihmm1vd6sozcai8k3x84ggqvbutafx5w5oqz16bbx87.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया