बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

भारतीय क्रिकेटर रिशभ पन्त कार दुर्घटनामा घाइते

काठमाडौँ- भारतीय क्रिकेटर रिशभ पन्त कार दुर्घटनामा परेका छन् । विकेट किपर ब्याट्सम्यान पन्त रुरकीदेखि नयाँ दिल्ली जाने क्रममा शुक्रबार बिहान दुर्घटनामा परेको आईसीसीले जनाएको छ ।

२५ वर्षीय पन्तको अवस्था चिन्ताजनक नरहेको बताइएको छ । पन्तको कारले ‘रोड डिभाइडर’लाई ठक्कर दिएको तथा उनको कारमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनापछि उनलाई सक्षम अस्पताल भर्ना गरिएको थियो ।