बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

पूर्वसभामुख ढुंगानालाई कोभिड-१९ संक्रमण

काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानालाई कोभिड-१९ संक्रमण भएको छ । ढुंगानाले बिहीबार सामाजिक संजालमार्फत् आफूलाई कोभिड संक्रमण भएको जानकारी दिएका छन् । 

पूर्वसभामुख ढुंगानाले कोभिड संक्रमणपछि आफ्नो स्वास्थ्यको ख्याल गरिएकोसमेत बताएका छन् । उनले ट्विटरमा लेखेका छन्,'सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो। उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु। समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?