सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकाे दाबी

कैलाली- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा आफ्नो दाबी रहने बताइन् ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारको नेतृत्व गर्न तयार रहेको बताउँदै त्यसका लागि पहल सुरु गरिसकेको बताइन् ।
नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार गठन भए कैलाली निर्वाचन क्षेत्र नम्बर २ 'ख' बाट निर्वाचित रामेश्वर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना रहेको श्रोतले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा ५२ सदस्य रहेका छन् । प्रदेशसभामा सरकार गठनका लागि २७ सिट आवश्यक पर्छ ।
प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा एमालेको ११, माओवादी केन्द्रको १०, नागरिक उन्मुक्ति पार्टीको ७ र एकीकृत समाजवादीको ४ सिट छ । एकीकृत समाजवादीकै एक नेताले स्वतन्त्र हैसियतमा चुनाव जितेका छन् ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया