चितवनमा पनि आजदेखि १५ दिन निषेधाज्ञा

चितवन : चितवनमा आजदेखि १५ दिनको लागि निषेधाज्ञा लागू भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा कोभिड-१९ को जोखिम तीव्र बढ्दै गइरहेको र अस्पतालमा क्षमता भन्दा बढी संक्रमितहरु हुने देखिएपछि निषेधाज्ञा जारी गरेका हुन् ।
आजबाट बैशाख ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी भएको छ । चितवनमा बुधबारसम्म ५ सय बढी सक्रिय संक्रमित थिए । सक्रिया संक्रमित ५ सय बढेलगतै कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
निषेधाज्ञामा अत्यावश्यक काम नभई घरबाहिर ननिस्कन प्रशासनले भनेको छ । निस्कनै परेमा अनिवार्य मास्क र जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेछ । कुनै पनि सभा, सम्मेलन, गोष्ठी, तालिम सेमिनार संचालन गर्न पाइने छैन । सिनेमा, हेल्थक्लब, पार्टी प्यालेस, फनपार्क, फुटसल, पुस्तकालय, दोहोरी साँझ, जिमखाना, स्पा, स्विमिङपुल, ब्युटिपार्लर, सैलुन, फुटपाथ पसल संचलान गर्न नपाइने भएको हो ।
यसैगरी शिक्षण संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन नहुने, विवाह, ब्रतबन्ध गर्नुपरेमा घरमै १५ जनाभन्दा माथि नहुने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी गर्न पाइने प्रमुख जिल्ला अधिकारी लामिछानेबाट जारी आदेशमा उल्लेख छ । यस्तै मृत्यु संस्कारमा सहभागि हुनुपर्ने अवस्थामा शवबाहन बाहेकको सवारी प्रयोग गर्नु पर्ने भएमा प्रशासनको स्वीकृत लिनुपर्नेछ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया