प्रधानमन्त्री दाहालले कहिले गर्छन् मन्त्रिपरिषद् विस्तार ?
२९ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे सामान्य छलफल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी २९ पुसमा विश्वासको मत लिने गरी तयारी थालेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा २९ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बारे सामान्य छलफल भएको थियो ।
आजको बैठकमा गठबन्धन सरकारका नीति तथा कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा समिति बनाउने सहमति भएको थियो । सत्ता साझेदार दल राप्रपाले नीति तथा कार्यक्रम तयार नभइ सरकारमा नजाने अडान राखेपछि पाँच दिनभित्र सरकारको नीति तथा कार्यक्रम तयार गर्न अध्यक्ष स्तरीय संयन्त्रलाई जिम्मा दिइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठक २९ पुसमा बोलाउने र त्यही दिन विश्वासको मत लिने प्रचण्डको तयारी छ । त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने गरी प्रधानमन्त्रीको सचिवालय गृहकार्यमा जुटेको स्राेतले बतायाे ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन सांसदले समर्थन गरेका छन् । तर, सरकारमा एमाले, माओवादी, रास्वपा र जनमत पार्टीबाट मात्रै मन्त्री बनेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एक सय ६९ सांसदले हस्ताक्षर गरेका छन् । तर, विश्वासको मत लिँदा त्यति संख्या रहला कि नरहला भन्ने निश्चित छैन ।
अझै १५ दिन बाँकी रहेकाले राजनीति उथलपुथल हुने सम्भावनाका कारण पनि प्रचण्ड अहिले मौन बसेका छन् । सरकार गठन गर्दै तीन जना उपप्रधानमन्त्री नियुक्त गरेपछि उनको आलोचना हुन थालेको छ । यसअघि देउवा नेतृत्वको सरकारमा एक जना पनि उपप्रधानमन्त्री बनेका थिएनन् ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया