गण्डकीका ५९ सांसदले लिए शपथ

पोखरा- गण्डकी प्रदेशसभाका नव निर्वाचित सांसदहरुले शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराएका हुन् ।
५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ लिएका हुन् । कास्कीकी सरस्वती गुरुङ र स्याङ्जाका पन्चराम गुरुङले गुरुङ भाषा तथा लमजुङकी पार्वती तामाङले तामाङ भाषामा शपथ लिएकी हुन् ।
गोरखाका सांसद नन्दप्रसाद न्यौपानेले भागवत गीतालाई हातमा लिएर शपथ लिएका छन् । ज्येष्ठ सांसद बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका थिए ।

नमूना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो

गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

प्रतिक्रिया