कर्णालीको मुख्यमन्त्रीमा अब कँडेल कि शर्मा ?

सुर्खेत। कर्णालीमा नेकपा माओवादी र एमालेमध्ये कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषय अहिले चर्चा र बहसको विषय बनेको छ । यद्यपि मुख्यमन्त्री आफ्नो दलको नेतृत्वले पाउनुपर्छ भन्ने दुवै दलको आ आफ्नै दावी रहेको छ ।
केन्द्रीय राजनीतिमा फेरबदल आएसँगै नेपाली कांग्रेसले अब कर्णालीमा सरकार बनाउने हैसियत गुमाएको छ । त्यसकारण कर्णालीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकार बन्ने अवस्था छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ जना प्रदेश सभा सदस्यको आवश्यकता पर्छ । हाल सत्ता गठबन्धनका २३ जना सांसद रहेका छन् । नेकपा माओवादी केन्द्रका १३ र एमालेका १० जना प्रदेश सभा सदस्य रहेका छन् । जुन सरकार गठनका लागि पर्याप्त बहुमत हो ।
मुख्यमन्त्री पाउनुपर्ने दुवै दलको अडानका कारण प्रदेशमा सरकार गठनका लागि केन्द्रको निर्णय कुरेको अवस्था छ । अघिल्लो कार्यकालमा आफ्नो बहुमत हुँदाहुँदै पनि सरकारको नेतृत्व गर्न नपाएका कारण यसपटक एमालेले मुख्यमन्त्री पाउनुपर्ने एमालेको अडान छ ।
त्यसैगरी कर्णालीमा आफूहरुको बलियो पकड भएका कारण आफूहरु मुख्यमन्त्री पाउनुपर्ने माओवादीको अडान छ । तथापि दुवै दलको आ आफ्नै अडानका कारण सरकार गठनको लागि केन्द्रको निर्णय पर्खाइमा रहेका छन् । कर्णालीमा यदि एमालेको नेतृत्वमा सरकार गठन भए यामलाल कँडेलले मुख्यमन्त्री पद पाउँछन् भने माओवादीबाट नेतृत्व गरेको खण्डमा राजकुमार शर्माले मुख्यमन्त्री पद प्राप्त गर्नेछन् ।
अघिल्लो कार्यकालमा नेकपा (एमाले)कै समर्थनमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाएकाले यसपटक स्वाभाविक रूपमा नेकपा (एमालेले मुख्यमन्त्री पाउनु पर्ने एमाले नेताको भनाइ छ । यद्यपि केन्द्रमा नै प्रदेशको नेतृत्व कसले लिने भन्ने विषयमा छलफल भएपछि मात्र कसले नेतृत्व गर्ने भनेर टुंगो लाग्ने एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताएका छन् ।
नेकपा (माओवादी केन्द्रका नेताहरु पनि मुख्यमन्त्री आफ्नो दलले नेतृत्व गर्नुपर्ने दावी गरेका छन् । प्रदेश सभा सदस्य एवं माओवादी संसदीय दलका नेता समेत रहेका राजकुमार शर्माले प्रदेशको मुख्यमन्त्रीमा आफूहरूको दाबी रहेको र सोहीअनुसार नै छलफल अघि बढाउने प्रतिक्रिया दिए । यस विषयमा केन्द्रबाट नै टुङ्गो लगाउने र सोही अनुसार अघि बढ्ने बताए ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया