पर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए

पर्सा : आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।
भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । उनले कोरोना सङ्क्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए । यससँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार ३१७ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । रासस

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

प्रतिक्रिया