स्वीकृतिविनै कुटनीतिक नियोग र नेतासँग नभेट्न सुरक्षा निकायका पदाधिकारीलाई गृहको निर्देशन

काठमाडौं - गृह मन्त्रालयले विभागीय स्वीकृतिविना कुटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट नगर्न सुरक्षा निकायका पदाधिकारीहरूलाई निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनैतिक नियोग र राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको भन्दै स्वीकृतिविना भेटघाट नगर्न निर्देशन दिएको हो ।
निर्देशनविपरीत कार्य गरेको पाइए प्रचलित कानून बमोजिम अनुशासनसम्बन्धी कारबाही गर्ने समेत मन्त्रालयले चेतावनी दिएको छ । 'शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ बिभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ,' मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'साथै यस निर्देशनविपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासनसम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।'

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया