गण्डकीका सांसदको शपथ आज

पोखरा - गण्डकीमा नयाँ सांसद चुनिएपछि आज उनीहरूलाई शपथको कार्यक्रम छ । संसद् सचिवालय नदीपुरमा जेष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराउने छन् । यसअघि बुधबार नै बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका थिए ।
गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन् । नयाँ सांसद मध्ये २ जना बहालवाला मन्त्री छन् । कांग्रेस र एमालेले गण्डकीमा दलको नेता पनि चयन गरिसकेका छन् ।
कांग्रेसले चुनावी प्रतिश्पर्धाबाट सुरेन्द्र पाण्डेलाई नेतामा निर्वाचित गरेको छ भने एमालेले सर्वसम्मत रुपमा खगराज अधिकारीलाई दलको नेता बनाएको छ । माओवादीले भने अहिलेसम्म दलको नेता टुंग्याएको छैन ।

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

प्रतिक्रिया