बागमती : प्रदेश सांसदहरूको शपथ आज, एमालेले आजै संसदीय दलको नेता चुन्ने

मकवानपुर - बागमती प्रदेश सभामा आज नेकपा (एमाले) ले संसदीय दलको नेता चयन गर्दैछ । एमालेको संसदीय दलको नेता चयन गर्नका लागि ११ बजेका लागि बैठक बोलाइएको छ । त्यसपछि नेता चयन गर्ने तयारी गरिएको छ ।
एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत् दलको नेता चुनिने छ । एमालेका केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलियालाई संसदीय दलको नेता चयन गर्ने तयारी एमाले बागमतीको छ । थपलिया चितवनबाट निर्वाचित प्रदेश सांसद हुन् ।
प्रदेशका सांसदहरूको छलफल र केन्द्रको निर्देशन बमोजिम संसदीय दलको नेता चयन गर्ने भएकाले अहिलेसम्मको अवस्थामा दलको नेतामा थपलिया हुने लगभग पक्का भएको एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।
यता आजै दिउसो २ बजेका लागि प्रदेशसभा सचिवालयमा १०९ जना प्रदेश सांसदहरूको सपथग्रहण कार्यक्रम गर्ने तयारी गरेको छ । त्यसभन्दा अगाडि संसदीय दलको नेता चयन भइसक्ने र सपथग्रहण कार्यक्रममा सहभागि हुने एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले बताए ।
हालसम्म एमालेले बागमती प्रदेश सरकारको नेतृत्व पनि गर्ने केन्द्रमा सहमति भएको छ । त्यसैले एमालेले आज संसदीय दलको नेता चयन गरेपछि प्रदेशको मुख्यमन्त्री बन्ने बाटो पनि खुल्ला रहने छ ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया