‘निषेधाज्ञा’मा घरभित्रै कसरी रमाउने ?

काठमडौँ : आजबाट सरकारले निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन बन्देज छ । कोभिड-१९ लाई ध्यानमा राखेर कार्यालयहरूले ‘वर्क फ्रम होम’ सुरु गरिसकेका छन् । व्यापार व्यवसाय ठप्प छन् । स्कुल र कलेज बन्द छन् । अभिभावकदेखि बालबालिका सबै घरभित्र थुनिएका छन् ।
यस्तो अवस्थामा मानिसलाई तनाब र चिन्ताले सताउँछ । ऋण काढेर व्यवसाय गर्नेलाई व्यवसाय डुब्ने चिन्ता हुन्छ । जागिरेलाई जागिर गुम्ने तनाब हुन्छ । चिन्ता र तनाब भगाउन होस् वा समय कटाउने बहानामा मानिसहरू जाँडरक्सी र चुरोटको लतमा पर्ने सम्भावना हुन्छ । यस्ता लतले रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले यस्तो लतबाट टाढा बस्नुपर्छ ।
बाहिर निस्किने, रमाइलो गर्ने, साथीभाइसँग भेटघाट गर्ने खालका दैनिकीबाट एक्कासि घरभित्र बस्नुपर्दा अप्ठ्यारो महसुस हुन्छ । के गरौँ न कसो गरौँ हुन्छ । मोबाइल, ट्याब, ल्यापटपजस्ता ग्याजेटको लत पनि मानिसलाई यही बेला लाग्छ । बाहिरफेर निस्किन नपाउँदा स्क्रिनमै घोत्लिरहने बानी धेरैलाई पर्छ । यसले अनिद्राको समस्या दिम्त्याउँछ ।
के गर्ने, कसरी रमाउने ?
- गीत सुन्ने, फिल्म हेर्ने, किताब पढ्ने
- घरभित्रै गर्न सकिने ध्यान, योग र व्यायाम गर्ने
- गलत सूचनाको महामारीबाट टाढा बस्ने । तथ्यहीन र भ्रामक सूचनाको पछि नलाग्ने ।
- विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना र आधिकारिक समाचारमाध्यमका समाचार सामग्री मात्रै पढ्ने, हेर्ने
- कुलतमा लागेकाले यो समयलाई अवसरको रूपमा लिएर कुलत त्याग्न गर्न सकिन्छ
- अरुबेला घरभित्रकै सदस्यसँग सञ्चार हुन पाउँदैन । यो मौका छोपेर परिवारसँग ‘क्वालिटी टाइम’ बिताउन सकिन्छ
- इनडोर गेम खेल्ने, शारीरिक व्यायाम गर्ने
- सामाजिक सञ्जालमा साथीहरूको समूह बनाएर विभिन्ने विषयमा छलफल गर्ने
- साथीभाइसँग भिडियो च्याट गरेर आफ्ना अनुभव सुनाउने, उनीहरूका अनुभव सुन्ने

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया