गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

पोखरा - नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । उनले १८ मत प्राप्त गर्दा प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाए ।
संस्थापन पक्षबाट उम्मेदवार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टेकराज गुरुङ थिए । संस्थापन इतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए ।
गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको छ ।

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

प्रतिक्रिया