बंगलादेशमा रुसको कोरोना खोप प्रयोगको अनुमति

बंगलादेश : बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपतकलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो । बंगलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएङ्का हुन् ।
उनले बुधबार भनेका छन् बंगलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । रहमानले भने 'हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमनि दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ ।'
आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ । (सिन्ह्वा)

नेपालवाट बिमान अपहरण काण्डमा सौदाबाजीमा छुटेका रउफ पनि मारिए

अर्धसैनिक बललाई समर्थन गरेको भन्दै सुडानले युएईसँगको सम्बन्ध तोड्यो

१४ सदस्य गुमाएका पाकिस्तानी आतंकवादीले भने- न मलाई पछुतो छ, न निराश नै छु

भारत पाकिस्तान लडाईंमा मृत्यु हुनेको संख्या ४४ पुग्यो

इजरायली युद्धले गाजामा फिलिस्तिनीहरूको अस्तित्व नै समाप्त गर्ने खतराः संयुक्त र…
साना विमानस्थलमा भएको इजरायली आक्रमणबाट ५० करोड अमेरिकी डलरको क्षति

इन्डोनेसियामा बस र ट्रक आपसमा ठोक्किँदा ११ जनाको मृत्यु, पाँच घाइते

प्रतिक्रिया