सरकारको कामलाई प्रभावकारी बनाउने बिषयमा ओली र प्रचण्डबीच छलफल

काठमाडौँ - प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको कामलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डको नीजि निवास खुमलटारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने र सरकारलाई प्रभावकारी कसरी बनाउने बिषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
त्यस्तै वर्तमान सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले गरेको निर्णयलाई कार्यान्वयनको तहसम्म पुराउने बिषयमा पनि छलफल भएको उनले बताए । सरकारको साझा कार्यक्रमका साथै पदको भागबण्डा लगाएतका बिषयमा छलफल गर्न बिहीबार सत्ता साझेदार दलहरुको बैठक बस्ने र आवश्यक निष्कर्ष निस्कने मल्लले जानकारी दिए ।
त्यसअघि बुधबार नै प्रधानमन्त्री र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको र छलफलका क्रममा सरकारलाई समर्थन र सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको मल्लले बताए ।
जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय गर्ने बताएको प्रधानमन्त्रीका स्वकीय सचिव मल्लले जानकारी दिए ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया