बागमतीका ज्येष्ठ सदस्यले लिए सपथ

मकवानपुर - बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरू मध्येबाट ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुङ्गानाले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट नुवाकोट २ को १ बाट निर्वाचित ढुङ्गाना २००६ असोज २ गते जन्मेका थिए ।
प्रदेश सभा सदस्य ढुंगानाले बागमती प्रदेश प्रमुख यादबचन्द्र शर्माबाट आज प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएका हुन् ।
ढुंगानाले भोलि प्रदेशका अन्य १०९ सांसदहरूलाई सपथ गराउने छन् ।
प्रदेशसभा सचिवलायमा पुस ८ गते बसेको सर्वदलीय बैठकले पुस १३ र १४ गते सपथ तथा पुस १७ गते बागमती प्रदेशको पहिलो बैठक बस्नको लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गरिने निर्णय समेत गरेको थियो ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया